कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

सुकेधारा विस्फोटमा मृत्यु हुनेको परिचय अझै खुलेन, अनामनगर घटनामा चन्द कार्यकर्ताको मृत्यु 

शक्तिशाली थियो विस्फोट : प्रहरी
जनकराज सापकोटा

काठमाडौँ — घटना भएको चार घन्टा बितिसक्दा पनि सुकेधारा विस्फोटका मृतकको परिचय खुल्न सकेको छैन । अनामनगर विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ । शाही प्रतिबन्धित चन्द समूहका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) इकाईका विधार्थी नेता हुन् । अनामनगर र सुकेधारामा लगभग दस मिनेटको अन्तरमा विस्फोट भएको थियो । 

सुकेधारा विस्फोटमा मृत्यु हुनेको परिचय अझै खुलेन, अनामनगर घटनामा चन्द कार्यकर्ताको मृत्यु 

प्रहरी स्रोतका अनुसार सुकेधाराको विस्फोट शक्तिशाली रहेको थियो । विस्फोटस्थलमा प्रहरीले उछिटि्टएका मानव अंग र गिदी फेला पारेको थियो । मृतक दुईको शरीरका विभिन्न अंग उछिट्टिएको देखिन्छ । प्रहरीका अनुसार घटनामा घाइते पाँच जनाको चाबहिलको ओम अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये चिन्ताजनक तीन जनाको भने सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ । अस्पतालमा खटिएका एक प्रहरीका अनुसार एक जनाको टाउकोमा गहिरो चोट भएकाले अप्रेसनको तयारी सुरु भएको छ भने अर्का एक घाइतेको खुट्टाको भाग नै चुँडिएको देखिन्छ । ती प्रहरी अधिकारीले विस्फोट शक्तिशाली भएको बताए ।


कान्तिपुरसँग सम्पर्कमा आएका प्रहरी अधिकारीहरुले सुकेधारामा सिलिन्डर नपड्किएको र त्यहाँ बम नै विस्फोट भएको हुनसक्ने आंकलन सुनाए । अनुसन्धानमा संग्लन एक प्रहरी अधिकारीले भने, 'प्रेसर कुकर विस्फोट भएको अनुमान गरिए पनि प्रेसर कुकरका टुक्राहरु केही भेटिएनन् ।'


प्रकाशित : जेष्ठ १२, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?