कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बम विस्फोटका घाइतेलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍याइयो, दुईको अवस्था चिन्ताजनक

फातिमा बानु

काठमाडौँ — सिलिन्डर बम विस्फोटमा घाइते भएकाहरुलाई वीर र टिचिङ अस्तापल पुर्‍याइएको छ । उनीहरुमध्ये ट्रमा सेन्टरमा पुर्‍याइएका दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइते ट्रमामा पुर्‍याइएका घाइतेहरुमा मोहत्तरी रामनगर १ का ५६ वर्षीय छोटु ठाकुर र सानीभेरी रुकुमका २६ वर्षीय रविन केसी रहेका छन् ।

बम विस्फोटका घाइतेलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍याइयो, दुईको अवस्था चिन्ताजनक

उनीहरुको आकस्मिक कक्षमा उपचार भइरहेको छ । केसी चन्द समूहका विद्यार्थी नेता भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।


ठाकुर सुकेधारामा र केसी अनामनगर घटनामा घाइते भएका हुन् ।

सुकेधारा विस्फोटका ४ जना घाइतेलाई भने ओम अस्पताल लगिएको महाराजगन्ज वृत्तका डिएसपी फणिन्द्र प्रसाईंले जानकारी दिए । उनीहरुमध्ये हरि खड्का र सुरेन्द्र महर्जनको मात्र परिचय खुलेको छ ।

आइतबार अपराह्न अनामनगर र सुकेधारामा सिलिन्डर बम पड्किँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले भोलिको बन्दलाई लक्षित गर्दै बम बनाउने क्रममा विस्फोट भएको हो । सुकेधारा विस्फोटमा २ र अनामनगरमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रकाशित : जेष्ठ १२, २०७६ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?