१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रहरी उच्च स्रोतले भन्यो- 'विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्'

जनकराज सापकाेटा

काठमाडौँ — काठमाडौंमा ग्यास विस्फोटनमा मृत्यु हुनेहरु नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले आशंका गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । विस्फोटन भएका स्थानमा चन्द नेतृत्वको नेकपाको पर्चासमेत भेटिएको प्रहरीले दाबी गरेको छ ।

प्रहरी उच्च स्रोतले भन्यो- 'विस्फोटनमा मृत्यु हुने विप्लव कार्यकर्ता हुनसक्छन्'

घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन् । आइतबार अपराह्न ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ ।

सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै चन्द समूहले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ ।


प्रकाशित : जेष्ठ १२, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?