१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इदमा राष्ट्रिय बिदा घोषणा माग 

काठमाडौँ — मुस्लिम आयोगसहित विभिन्न संगठनहरुले इस्लामका दुई इद (इदउल फित्र र इदउल अजहा) र मोहम्मद जयन्तीको बिदा संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आयोग र नेकपा निकटको मुस्लिम इत्तेहाद मोर्चाले अलग-अलग ज्ञापन पत्र बुझाउँदै नजिकिन लागेको इल उल फित्रसहित इदउल अजहा र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका हुन् । 

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर विगतमा इदमा दिइँदै आएको सार्वजनिक बिदा यो वर्षदेखि निरन्तरता दिन ध्यानाकर्षण गराए । प्रधानमन्त्री ओलीले आगामी मन्त्रिपरिषद्‌ बैठकमा यसबारे छलफल गरी निर्णय लिइने आश्वासन दिएका छन् । यसअघि पनि आयोगले गत चैत ११ मा इदमा सार्वजनिक बिदा घोषणा माग गर्दै ज्ञापन पत्र दिएको थियो ।


संविधानले धार्मिक स्वतन्त्रता एवं बहुधार्मिक र बहुसांस्कृतिक विशेषतामूलक देश घोषणा गरेको स्मरण गराउँदै आयोगले सामुदायिक पर्वका रुपमा मिलान भएका दुई वटा इद र मोहम्मद जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा घोषणा गर्न माग गरेको छ । नेकपाको भातृ संगठन मोर्चाका संयोजक सराज अहमद सिद्दिकी र सहसंयोजक अतहर हुसेन फारुकीले काटिएका दुई इदका दिन राष्ट्रिय बिदा घोषणा गर्न प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्रमार्फत् ध्यानाकर्षण गराएका छन् । मोहम्मद रिजवान अन्सारी नेतृत्वको संघीय समाजवादी पार्टीले पनि इद र मोहम्मद जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउन बिदाको माग गरेको छ ।


प्रकाशित : जेष्ठ ११, २०७६ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?