प्रमुख सेनानी केशवराज कार्की बर्खास्त 

बलराम बानियाँ

काठमाडौँ — नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की भ्रष्टचारको आरोपमा पदबाट बर्खास्तमा परेका छन् । गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले भविष्यमा अयोग्य नठहरिने गरी तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको सैन्य स्रोतले जानकारी दिएको छ ।

प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्।

कार्कीले राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतले ठहर गरेको छ। चुरे तराई मधेस संरक्षण कार्यक्रममा कार्कीले १ लाख ६७ हजार हिनामिना गरेका थिए ।

सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले प्रमुख सेनानी कार्कीविरुद्ध उक्त आदेश दिएको हो। कार्की ३५ दिन भित्र पुनारवेदन अदालतमा जान सक्नेछन्।

प्रकाशित : जेष्ठ ११, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

त्रिविमा राजनीतिक भागबन्डा रोक्न माग

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डा नरोकिए नेविसंघले आन्दोलन गर्ने चेतावनी दिएको छ । नेविसंघ त्रिवि इकाई समितिले नवआगन्तुक विद्यार्थीलाई लक्षित गरि आयोजना गरेको कार्यक्रममा बोल्दै नेविसंघका नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ त्रिवि इकाई समितिका सभापति हरि आचार्य, नेविसंघका नेता नवराज त्रिपाठी,विकास भण्डारी लगायतले त्रिविलाई राजनीतिक हस्तक्षेपमुक्त गरिनुपर्नेमा जोड दिए।

सो अवसरमा नेविसंघले त्रिभुवन विश्वविद्यालयलाई विश्वकै शैक्षिक आकर्षणको केन्द्र बनाउन के गर्नुपर्ला भन्ने विषयमा विद्यार्थीहरुको राय समेत बुझेको नेविसंघका नेता विकास भण्डारीले जानकारी दिए।

प्रकाशित : जेष्ठ ११, २०७६ १३:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्