१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

फेवातालको संरचना हटाउन अल्टिमेटम

लेखनाथ — फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका स्थायी तथा अस्थायी संरचना हटाउन पोखरा महानगरपालिकाले बिहीबार सूचना जारी गरेको छ । महानगरले १५ दिनभित्र संरचना हटाउन अल्टिमेटम दिएको हो । अटेर गरी त्यस्ता संरचना नहटाएमा महानगरले हटाउने र उक्त खर्च सम्बन्धित व्यक्तिबाट नै असुर उपर गर्ने महानगरले जनाएको छ । 

फेवातालको संरचना हटाउन अल्टिमेटम

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले ड्यामसाइडदेखि गैह्राको चौतारा खपौंदीसम्मको संरचना हटाइने बताए । उनले भने, 'फेवाताल वरपर के कति संरचना छन् भने एकिन गरी पठाउन सम्बन्धित वडालाई पत्राचार भइसकेको छ ।'


प्रकाशित : जेष्ठ ९, २०७६ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?