१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चार विदेशीका शव काठमाडौंमा 

काठमाडौँ — 'पहिलोपटक' थालिएको सगरमाथा सफाई अभियानले चारवटा विदेशी आरोहीका शव विहीबार हेलिकप्टरबाट काठमाडौं ल्याएको छ । मनाङ एयरको हेलिकप्टरले ती शव सगरमाथा आधार शिविरबाट लुक्ला र त्यहाँबाट सोझै शिक्षण अस्पताल महाराजगंजमा ल्याएको हो । 

चार विदेशीका शव काठमाडौंमा 

मे २९ मा पर्ने १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई छेको पारेर खुम्बु पासाङल्हामु गाउँपालिका, पर्यटन विभाग, नेपाली सेनालगायत आठ वटा निकायले यसपटक ५ हजार ३ सय ८० मिटरमा रहेको सगरमाथा आधार शिविरदेखि ७ हजार ९ सय मिटर उचाईमा रहेको साउथकोलसम्म सफाई गरेको थियो । त्यसक्रममा १२ हजार किलो फोहोर र ४ वटा शव संकलन गरेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अधिकृत निशान श्रेष्ठले बताए । यी शवमध्ये एउटा रसीयन नागरिकको भएको अन्य बाकी तीन शव पहिचान हुन सकेका छैनन् । पोष्टमार्टमपछि मात्रै यी शवको पहिचान गरेर आफन्तजनलाई हस्तान्तरण गरिने छ । यसपटकको सफाई अभियानका लागि मात्रै २ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । अभियान वैशाख १ गतेदेखि लुक्लाबाट सुरु भएको थियो ।


प्रकाशित : जेष्ठ ९, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?