२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मोदीलाई देउवाको बधाई

काठमाडौँ — कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा सम्पन्न लोकसभा चुनावमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

मोदीलाई देउवाको बधाई

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट बधाई तथा शुभकामना दिएको कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ ।


देउवाले पत्रमा नेपाल र भारतबीच सदियौंदेखि कायम रहेको पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जानुका साथै दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियो हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?