१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अष्ट्रियासँग उर्जा सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर

काठमाडौँ — नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले मंगलबार हस्ताक्षर गरेका हुन् । दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा  उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने समझदारीमा उल्लेख छ ।

अष्ट्रियासँग उर्जा सहकार्यसम्बन्धी समझदारीमा हस्ताक्षर

साथै, परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्यसमुह बनाएर काम गर्ने समझदारी समेत बनेको छ । समझादरीअनुसार उर्जा र वैकल्पिक ऊर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ ।


उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान प्रदान गर्ने गरी दुई देशबीच भएको समझदारी कोसेढुंगा भएको टिप्पणी गरे । हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत उत्पादन गर्ने लक्ष्य रहेको भन्दै लगानी र प्राविधिक सहयोग गर्न आग्रह गरे ।


अष्ट्रियाको तर्फबाट त्यहांका यातायात तथा प्रविधिमन्त्री उन्ड्रेस रेईचार्डटले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।


प्रकाशित : जेष्ठ ९, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?