कान्तिपुर हिसान शैक्षिक मेला सुरु [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — 'उत्कृष्ट शिक्षा नेपालमै' नाराका साथ कान्तिपुर हिसान शैक्षिक मेला बिहीबारदेखि सुरु भएको छ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त आयोजना हुने मेलाको यो छैटौं संस्करण हो।

प्रकाशित : जेष्ठ ९, २०७६ १६:२८

प्रधानमन्त्री केपी शर्मा ओलीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा मेलाको उद्घाटन गरे । 'कान्तिपुर हिसान एडुफेयर–२०१९' मेला आगामी आइतबारसम्म चल्नेछ । एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

'एसईई परीक्षाको नतिजा पर्खाइमा रहेका देखि उच्च शिक्षा कहाँ, कुन र कस्तो विषय पढ्ने भन्नेबारे सम्पूर्ण जानकारी दिने शैक्षिक मेलाको मुख्य उद्देश्य हो,' हिसानका महासचिव लोकबहादुर भण्डारीले भने,'अभिभावकले स्वदेशमै अब्बल शैक्षिक संस्थाहरू छन् र गुणस्तरीय शिक्षा दिने शैली, तौरतरिका तथा उनीहरूको स्थितिबारे जान्न सक्नुहुनेछ ।'

मेलामा स्वेदशमै सुचारु शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य, तथ्य र यथार्थ जानकारी र कुन विषय किन पढ्ने, विषय छनोटजस्ता अन्योलबारे विद्यार्थीलाई जानकारी तथा परामर्श दिइरहेका छन्।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ । विभिन्न संस्थाको प्रस्तुतिका साथै विज्ञहरूको सहभागिता शिक्षा तथा प्रविधिलगायत विविध शैक्षिक जानकारीमूलक र विषयगत सेमिनारसमेत छन्। अवलोकनका निम्ति निःशुल्क प्रवेशको व्यवस्था छ ।

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सरकारी र गुठी जग्गा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरिएको बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगलाई ६ महिनाको कार्यावधि तोकिएको छ ।

आयोग सदस्यहरुमा जानकी बल्लभ अधिकारी (संखुवासभा), दुर्गा दाहाल (महोत्तरी) र जगतबहादुर देउजा (सिन्धुपाल्चोक) तोकिएका छन्। सरकारले केही साताअघि सार्वजनिक गरेको २०७६/०७७ को नीति तथा कार्यक्रममा पनि सार्वजनिक, सरकारी र गुठी जग्गा अतिक्रमण बन्द गर्ने योजना अघि सारेको थियो।

  • भन्सार ऐेनका नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
  • जापान सरकारबाट स्कलरसीपका लागि प्राप्त हुने करिब २५ करोड जापानी ऐन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
  • विदेशी लगानीका लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता नेपाली रुपैयाँ ५ करोड तोक्ने निर्णय भएको छ । यो निर्णय नेपाली लगानीकर्ताहरुलाई पनि हेरेर गरिएको
  • खानी तथा खनिजसम्बन्धी विधेयक २०७६ तर्जुमाका गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
  • मेलम्ची खानेपानी आयोजनाकाे सम्पन्न गर्न सम्पूर्ण काम तत्कालै अगाडि बढाउने, तत्‌सम्बन्धमा आवश्यक र उपयुक्त ढंगले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । यो छिट्टो प्रक्रियाबाट काम सम्पन्न गर्नका लागि यो निर्णय गरिएको ।
  • नेपाल र फिनल्यान्डको परराष्ट्रमन्त्रीबीच द्विपक्षीय परामर्श संयन्त्रस्थापना गर्नेसम्बन्धी साझेदारी पत्रमा नेपाल सरकारको तर्फबाट समकक्षीलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १६:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×