सरकारी र गुठी जग्गा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन 

काठमाडौँ — सरकारले मुलुकभरिका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धमा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन गरेको छ । जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले मोहन भट्टराईको अध्यक्षतामा आयोग गठन गर्ने निर्णय गरिएको बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । आयोगलाई ६ महिनाको कार्यावधि तोकिएको छ ।

सरकारी र गुठी जग्गा जाँचबुझ गर्न चार सदस्यीय आयोग गठन 

आयोग सदस्यहरुमा जानकी बल्लभ अधिकारी (संखुवासभा), दुर्गा दाहाल (महोत्तरी) र जगतबहादुर देउजा (सिन्धुपाल्चोक) तोकिएका छन् । सरकारले केही साताअघि सार्वजनिक गरेको २०७६/०७७ को नीति तथा कार्यक्रममा पनि सार्वजनिक, सरकारी र गुठी जग्गा अतिक्रमण बन्द गर्ने योजना अघि सारेको थियो ।


  • भन्सार ऐेनका नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
  • जापान सरकारबाट स्कलरसीपका लागि प्राप्त हुने करिब २५ करोड जापानी ऐन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ ।
  • विदेशी लगानीका लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता नेपाली रुपैयाँ ५ करोड तोक्ने निर्णय भएको छ । यो निर्णय नेपाली लगानीकर्ताहरुलाई पनि हेरेर गरिएको
  • खानी तथा खनिजसम्बन्धी विधेयक २०७६ तर्जुमाका गर्नका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
  • मेलम्ची खानेपानी आयोजनाकाे सम्पन्न गर्न सम्पूर्ण काम तत्कालै अगाडि बढाउने, तत्‌सम्बन्धमा आवश्यक र उपयुक्त ढंगले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । यो छिट्टो प्रक्रियाबाट काम सम्पन्न गर्नका लागि यो निर्णय गरिएको ।
  • नेपाल र फिनल्यान्डको परराष्ट्रमन्त्रीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी साझेदारी पत्रमा नेपाल सरकारको तर्फबाट समकक्षीलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७६ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?