आरुबोटे हत्याकाण्ड : मृतकहरुको दुई स्थानमा अन्त्येष्टि गरिँदै 

ज्ञानु घिमिरे

पाँचथर — सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ । 

यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ। स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार एउटै चित्तामा शव जलाउनका लागि शवको प्रकृति हेरेर चित्ता निर्माण गरिएको छ। जसका लागि दुई स्थानमा दुईवटा चित्ता निर्माण गरिएको छ।


शवहरु जलाउनका लागि सम्पूर्ण तयारी सकिएको भएपनि मृत्यकका आफ्न्तहरु नआएकाले आफ्न्तहरुको पर्खाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। झुन्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको भने शव धरानस्थित घोपा क्याममा पोस्टमार्टम भइरहेको छ। उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ।


प्रकाशित : जेष्ठ ९, २०७६ १३:५२

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथर हत्याकाण्ड : अन्तेष्टिका लागि शव ल्याइँदै 

ज्ञानु घिमिरे

पाँचथर — सोमबार राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्या गरिएका ९ जनाको शब पोस्टमार्टमपछि गाउँ ल्याइँदै छ ।

प्रहरीका अनुसार बमबहादुर फियाक परिवारका ४ जनाको आरूबोटेमा मै अन्तेष्टि गरिने छ ।बाँकी ५ जना धनराज शेर्माको परिवारलाई उनको पुख्र्यौली घर घर मांङजाबुङ लगिने पाँचथर प्रहरीले जनाएको छ । धनराज ससुराली घर नजिक जग्गा खरिद गरेर बस्दै आएका थिए ।शव ल्याइसकेपछि अन्तेष्टिका लागि आफन्तलाई जिम्मा लगाइनेे छ ।

उनीहरुकाे हत्यामा संलग्न झुन्डिएर आत्महत्या गरेकामनकुमार माखिमसँग अरु पनि पनि थिए वा थिएनन् भन्ने पत्ता लागेको छैन् ।
प्रहरीले माखिमका निकट व्यक्ति, परिवार र टेलिफोनको कल डिटेललाई अनुसन्धान गरिरहेको छ । भागेर बाँच्न सफल भएकी सीता खजुमलाई पनि अनुसन्धानका लागि पाँचथर ल्याइने प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×