कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपेन्द्र नेतृत्वको समाजवादीका जिल्ला संयोजकसहित २० जनाले दिए राजीनामा

वीरेन्द्रनगर — तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सुर्खेत जिल्ला संयोजक प्रचण्डकुमार पोखरेलसहित २० जनाले समाजवादी पार्टी परित्याग गरेका छन् । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताप्रति असन्तुष्टि जनाउँदै जिल्ला संयोजक पोखरेलसहित २० जनाले पार्टी परित्याग गरेका हुन् । समाजवादी पार्टीका उपाध्यक्षद्वय परशुराम खापुङ र हिसिला यमीलाई भेटेर बुधबार जिल्लास्तरीय नेताले पार्टी परित्यागको घोषणा गरे । 

उपेन्द्र नेतृत्वको समाजवादीका जिल्ला संयोजकसहित २० जनाले दिए राजीनामा

लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चने, वाचा गरेका जिम्मेवारी पूरा नगर्ने र शक्ति आर्जनका लागि आफूहरूलाई अनावश्यक प्रयोग गर्न खोजेकाले पार्टी परित्याग गर्नु परेको पोखरेलको भनाइ छ । पार्टी एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएर गत वैशाख २३ गते समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई नेताहरुले ६ बुँदे ज्ञापन पत्र बुझाएका थिए । विज्ञप्तिमा समाजवादी पार्टी गैरलोकतान्त्रिक, गैरजिम्मेवार र नोकरशाही चरित्रको भएकाले पार्टी परित्याग गरिएको उल्लेख छ ।


पार्टी परित्याग गर्नेहरुमा नयाँ शक्तिका सुर्खेत जिल्ला संयोजक पोखरेलसहित नयाँ शक्ति विद्यार्थी युनियनका कर्णाली प्रदेश संयोजक रविकिरण हमाल, विज्ञ परिषद्का कर्णाली संयोजक सुरथकुमार पोखरेल, युवा शक्तिका कर्णाली प्रदेश संयोजक भक्ति आचार्य र केन्द्रीय सदस्य टेकप्रसाद भट्टराई लगायत २० जना छन् ।


प्रकाशित : जेष्ठ ८, २०७६ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?