कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आरुबोटेको सामूहिक हत्या घटना छानबिन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौँ — कांग्रेसले पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा ९ जनाको सामूहिक हत्या भएको घटना छानबिन गर्न सरकारसँग माग गरेको छ । पार्टीको तर्फबाट बुधबार मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै उक्त रहस्यमय घटनाको गहिरो र गम्भीर छानबिन गर्न सरकारसमक्ष अपिल गरेका हुन् । 

आरुबोटेको सामूहिक हत्या घटना छानबिन गर्न सरकारसँग कांग्रेसको माग

घटनास्थलमा कांग्रेस आफ्ना प्रतिनिधिसमेत खटाएको छ । केन्द्रीय सदस्य भिष्मराज आङ्दम्बे, प्रवक्ता विश्वप्रकाश शर्मा र पाँचथर सभापति नरेन्द्र केरुङ लिम्बूलाई बुधबार पार्टीको प्रतिनिधित्व गर्दै घटनास्थलमा खटाइएको विज्ञप्तिमा उल्लेख छ । मिक्लाजुङको घटनाका मृतक सबैको आत्माको चिर शान्तिको कामनासमेत कांग्रेसले गरेको छ ।



धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका ९ जनाको हत्या गरिएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?