१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाँचथर हत्या काण्ड : ९ जनाकै शव परीक्षणका लागि बीपी प्रतिष्ठानमा

विराटनगर — पाँचथरको मिक्लाजोङ गाउँपालिका-३ मा हत्या गरिएका ९ जनाको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । 

पाँचथर हत्या काण्ड : ९ जनाकै शव परीक्षणका लागि बीपी प्रतिष्ठानमा

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीय प्रहरी चौकीहरुबाट खटेका प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का तयार पारेर मंगलबार राति ९ वटै शव घटनास्थलबाट उठाएको थियो ।


पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले विशेष प्रकृतिको ठूलो घटना भएकाले गृह मन्त्रालय र प्रदेश सरकारको निर्देशनअनुसार शव परीक्षणका लागि बीपी प्रतिष्ठान पठाइएको हो । घटनाको अनुसन्धानका लागि प्रहरीको विशेषज्ञ टोली घटनास्थल पुगेको छ ।


मिक्लाजोङ-३ आरुबोटेका ७४ वर्षीय बमकुमार फियाक, उनकी ७१ श्रीमती श्रीमती फर्सिमाया फियाक, ३१ वर्षीया छोरी मनकुमारी फियाक र जेठी सासुकी १३ वर्षीया छोरी श्रेया फियाकसहित ४१ वर्षीय धनराज सेर्मा उनकी ३६ वर्षीया श्रीमती जस्मिता सेर्मा १३ वर्षीया नातीनी युवाना सेर्मा, ६ वर्षीय मुना सेर्मा र ८ वर्षीय इच्छा शेर्माको खुकुरी प्रहार गरी हत्या भएको थियो ।


घटनामा भागेर ज्यान जोगाउन सफल १२ वर्षीय नातीनी सीताखजुमको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । हत्यामा संलग्न भनी शंका गरिएका मिक्लाजोङ ७ का मनबहादुर माखिमले झुन्डिएर आत्महत्या गरेका थिए ।


घटनापछि आरुबोटे पुगेका पाँचथरका सुरक्षा अधिकारीहरु बुधबार बिहान सदरमुकाम फर्केका छन् । शव उठाएपछि अवस्था सामान्य बन्दै गएको भन्दै उनीहरु फर्केका हुन् । आरुवोटे क्षेत्रका स्थानीय बासिन्दा भने त्रसित अवस्थामै छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?