२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको मृत्यु 

हरिहरसिंह राठौर

धादिङ — बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्षबहादुर थापाको आकस्मिक मृत्यु भएको छ । छिमेकी जिल्ला गोर्खा घर भइ विगत २ वर्ष देखि नै बेनिघाटमा कार्यरत ५४ वर्षीय थापा बुधबार बिहान एक्कासी अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएको थियो ।

बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको मृत्यु 

गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीका अनुसार उनको उपचारको क्रममा निधन भएको हो ।


अध्यक्ष डल्लाकोटीका अनुसार उनी न्यून रक्तचापका बिरामी थिए । अस्पतालमा निधन भएको खबर सुनेर आफू लगायत स्थानीय तहका पदाधिकारीहरु काठमाडौ जाँदै गरेको उपाध्यक्ष देवीप्रसाद सिलवालले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?