१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

गएराति लमजुङमा भूकम्पको २ धक्का

आश गुरुङ

लमजुङ — मध्यरात र बिहानीपख लमजुङमा भूकम्पको २ धक्का महसुस गरिएको छ । छोटो समयको धक्काले कहींकतै क्षति भने पुगेको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४ दशमलब १ म्याग्नेच्युडको भूकम्प गएको हो ।

गएराति लमजुङमा भूकम्पको २ धक्का

यस्तै, बुधबार बिहानीपख ३ बजेर २८ मिनेट जाँदा ३ दशमलब ९ म्याग्नेच्युडको भूकम्प गएको हो । दुइवटै भूकम्पको केन्द्रबिन्दु लमजुङको बेंसीसहर नगरपालिका-३ गाउँसहर दरबारमुनीको क्षेत्र रहेको केन्द्रले जनाएको छ । गुगल म्यापले पनि गाउँसहरको तल्लो भाग केन्द्र रहेको देखाएको छ ।


मध्यरातमा गएको भूकम्पले एक्कासी ब्युँझिएर मानिसहरु घर बाहिर निस्किएका थिए । मानिसहरु सडकमा ओर्लिएर हल्लाखल्ला गरेका थिए । छोटो समयमा ठूलो धक्का महसुस गरेका स्थानीय रातभर निदाउन सकेका थिएनन् । मध्यरातको भूकम्पपछि निदाउने प्रयास गरेका स्थानीयलाई पुनः साढे ४ घण्टापछि गएको भूकम्पले ब्युँझाएको बेंसीसहर नगरपालिका ७, हाइस्कुल चोकका दूधप्रसाद घलेले बताए ।


२०७२ वैशाख १२ गतेको भूकम्प झैं लामो समय गएको भए यसले धनजनको क्षति पुर्‍याउन सक्ने स्थानीयले आँकलन गरे । पहिलो भूकम्प करीब ५ सेकेन्ड र पछिल्लो भूकम्प करीब ३ सेकेन्ड जतिको ठूलो धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले भूकम्पको ठूलो धक्का महसुस भएपनि क्षतिको विवरण भने नआएको बताए । 'लामो समयसम्म झट्का गइरहे सायद क्षति हुनसक्थ्यो होला । प्रहरीको सहयोगमा केन्द्रविन्दु वरपर बुझ्यौं । क्षति भएको सूचना आएको छैन,' उनले भने ।

प्रकाशित : जेष्ठ ८, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?