प्रहरीद्वारा भोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गोली प्रहार, एक जना घाइते, पेस्तोलसहित विस्फोटक पदार्थ बरामद

आपराधिक समूहप्रति प्रहरी आक्रमक

काठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका १ अन्तर्गत धोत्लेखानी जंगलमा लुकीछिपी बसेका नेत्रविक्रम चन्द समूहका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ । गस्तीमा पुगेका जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका प्रहरीमाथि नै गोली हान्न खोजेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

प्रहरीद्वारा भोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गोली प्रहार, एक जना घाइते, पेस्तोलसहित विस्फोटक पदार्थ बरामद

प्रहरीले चलाएको गोलीबाट चन्दका कार्यकर्ता तीर्थराज घिमिरे घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए ।


धोत्लेखानी जंगलमा हतियारसहित ३०/३५ जनाको समूहमा चन्द कार्यकर्ता बसेर स्थानीयमा त्रास फैलाएको सूचनाको आधारमा प्रहरीले गस्ती गरेको थियो । गस्तीको अघिल्लो टोलीमाथि घिमिरे आइलागेका थिए, त्यसपछि प्रहरीले गोली हानेको प्रहरी निरीक्षक राजवंशीले बताए । अन्य कार्यकर्ता भने भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, ५ थान गोली, बाइनोकुलर १, डेटोनेटर २० मिटर, बारुदसहित विस्फोटक पदार्थ बरामद गरेको छ । त्यस्तै चन्द नेतृत्वको नेकपाका दस्तावेज समेत फेला पारिएको छ ।


आपराधिक समूहप्रति प्रहरी आक्रमक


केही दिनयता प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहमाथि निगरानी बढाएको छ । हिजोमात्रै प्रहरीले गोली हानेर शृंखलाबद्ध डकैतीमा संलग्न काले भन्ने विष्णु तामाङलाई काठमाडौंको टोखाबाट पक्राउ परेको थियो । त्यसको भोलिपल्ट भोजपुरमा चन्द समूहका कार्यकर्तामाथि गस्ती बढाएको छ ।


मुलुकभर आपराधिक गतिविधि बढाएको भन्दै सरकारले चन्द समूहमाथि प्रतिबन्ध घोषणा गरेको छ । प्रतिबन्ध घोषणासँगै विभिन्न जिल्लाहरुबाट चन्दका कार्यकर्ताहरु पक्राउ परिरहेका छन् ।

यो पनि पढौं : डकैती गर्नेलाई घुँडामुनि गोली



प्रकाशित : जेष्ठ ७, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?