पाँचथर हत्या काण्ड : घटनास्थल नजिकै झुण्डिएको अवस्थामा शव भेटियो 

जनकराज सापकाेटा

काठमाडौँ — सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सामूहिक हत्या भएको घर नजिकै झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । 

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले हत्या गरिएकाे स्थान नजिकै एकजना पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेका बताए।

पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो। उक्त घटनामा एक बालिका भागेर बाँच्न सफल भएकी छन्।

सोमबार राति आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन्।

भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए।

स्थानीयले घटनाबारे मंगलबार बिहान मात्रै थाहा पाएका थिए।
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

एकमुखे रुद्राक्ष बेच्नै भन्दै ठग्दै

जनकराज सापकोटा

काठमाडौँ — वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भन्दै काठमाडौं आएका इलामका भुपेन्द्र सुनवार अनौठो आपतमा परे । घटना गत शुक्रबारको हो । स्वास्थ्य परीक्षणका निम्ति मिनभवनमा रहेको सिभिल अस्पतालमा पुगेका उनी डाक्टर भेट्ने पालो कुर्दै फेसबुक चलाएर बसिरहेका थिए ।

त्यही बेला उनीसँग गफ गर्न आइपुगे सुनसरीको ईनरुवा ८ घर बताउने सलाम उद्धिन मियाँ।त्यही बेला परिचय लागेका मियाँसँगकाे गफ उनकालागि पासो भइदियो ।

सुरुमा सलामले सामान्य चिनापर्ची गरे । अनि एकैछिनमा भने, मसँग एक मुखे रुद्राक्ष छ । म मुस्लिम मान्छेलाई किन चाहियो । किन्ने हो ?

भुपेन्द्रले एकमुखे रुद्राक्षको बारेमा सुनेका त थिए नै यस्तो रुद्राक्ष महँगोमा किनबेच हुने र जहाँ पायो त्यँही नभेटिने हुन्छ भन्ने पनि सुनेका थिए । उनले किन्न रुची देखाए । दुवैबीच मोलमलाई भयो ।

भुपेन्द्रले एकैछिनमा आफुसँग रहेको नगद ९ हजार रुपैया दिए । त्यसपछि दुवैजना हिड्दैँ बानेश्वर पुगे । भुपेन्द्रले एटिएमाबाट बांकी ५० हजार पनि निकालेर दिए । त्यसपछि सलाम बाटो लागे, भुपेन्द्र अस्पताल ।

अस्पतालमा भुपेन्द्रले कोरिया जानका लागि स्वास्थ्य परीक्षणमा आएका भोजपुरका एक साथी भेटे । भोजपुर रुद्राक्ष खेतीका लागि प्रसिद्ध छ भन्ने उनलाई थाह थियो । त्यही भएर उनले साथीलाई भने, मैले एकमुखे रुद्राक्ष किने नि ।

साथीले पत्याएनन् । त्यसपछि उनले रुद्राक्ष देखाए । त्यसपछि पो भेद खुल्यो, उनले किनेको रुद्राक्ष सक्कली थिएन । भुपेन्द्रले तत्कालै सलिमले दिएको नम्बरमा फोन गरे । तर फोन लाग्दै लागेन । त्यसपछि उनले पत्तो पाए, म ठगिएछु ।

भुपेन्द्रले ठगीको यो घटनाबारे महानगरीय प्रहरी वृत्त बानेश्वरमा उजुरी दिए । प्रहरीले ठगी भएको स्थानमा तीन दिनसम्म सादा पोशाकमा प्रहरी खटायो । बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्लेले ठग सलिम पक्राउ परेको र उनी विरुद्ध ठगीमा मुद्दा चलाइएको बताए । उनले भने, ‘प्रत्येक दिन अस्पताल आउने, अपरिचितसँग चिनजान गर्ने र एक मुखे रुद्राक्ष छ भन्दै ठग्ने उसको नियमित तरिका रहेछ ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १२:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×