१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

कुम्भराज राई

ओखलढुंगा — कीर्तिमानी आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले मंलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिएका छन् ।

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

गत साताको बुधबार उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । एकै सिजनमा उनले दुईपटक आरोहण गर्दै २४ पटक पुर्‍याएका हुन् । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक पुर्‍याउने छ । उनले आफ्नै कीर्तिमान फेरि पनि तोडेका हुन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?