२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अहिलेका गीतमा गहिरो बेखुसी

बीबीसी

लन्डन — टुक्रिएको मन र वास्तविक क्रोधले सधैं कुनै न कुनै चर्चित गीत सिर्जना गराएको छ । डोली पार्टनको 'आई विल अल्वेज लभ यु' देखि एडेलीको 'सम वन लाइक यु' र साम स्मिथको 'स्टे विथ मी' जस्ता चर्चित गीत त्यस्तो उदाहरण हो, जसले आँसुलाई सुनमा परिणत गरिदिएको छ ।

अहिलेका गीतमा गहिरो बेखुसी

तर अचेलका संगीतले पहिलेका गीत रचनामा देखिनेभन्दा फरक अर्थात् गहिरो बेखुुसी अभिव्यक्त गर्न थालेका हुन् ?

अमेरिका र बेलायतमा पछिल्ला दशकहरूमा आएका ६ हजार गीतको मूल्यांकन आधारमा यस्तै निचोड निस्किएको छ ।


सन् १९८० सम्म पनि दुःख र एक्लोपनाको भावना गीतमार्फत व्यक्त हुन्थे । खुसी अभिव्यक्त गीत कमै रुचाइन्थे । यतिबेला गीतमा आएको स्वाद परिवर्तनको कारण के होला ? के संगीतलाई लिने तरिकाको परावर्तन हो ? या, अहिलेको समाजलाई अभिव्यक्त गर्न खोजिएको हो ? केही तथ्यसहित कारण खोज्न सकिन्छ ।


लरेन्स टेक्निकल युनिभर्सिटीका लिओर सामिरले १९५१ देखि २०१६ सम्मका 'बिलबोर्ड हट १०० सिंगल्स' बाट ६ हजारभन्दा बढी गीत नमुनाका रूपमा छनोट गरेका थिए । ६५ वर्ष अवधिका गीतमाथिको उनको खोजबाट आवेग र झगडापूर्ण अभिव्यक्ति मिश्रति गीतको संख्या दुई गुना भएको पाइयो । डर अभिव्यक्त गीत ५० प्रतिशतले बढेको देखियो । अहिलेका गीत त झनै आक्रामक र डरलाग्दा देखिएको उनको अध्ययनको निष्कर्ष छ ।


यसो हुनुमा र्‍याप म्युजिकको प्रभावलाई पनि कारक मानिएको छ । जुन संगीतले पंकझैं समाजको बेचैनी र आवेगको प्रतिनिधित्व गर्छ । पीडा भरिएका गीत ८० को दशक र २०१० पछि एकाएक बढेको र खुसी, स्वच्छन्दताका गीतको मात्रा खस्किँदै गएको सामिरको अध्ययनले देखाएको छ ।


'प्रस्टै छ गीतहरू बिस्तारै क्रोधपूर्ण, डरलाग्दा, वेदना भरिएका र कम उत्साहपूर्ण हुन थालेका छन्,' सामिरले भनेका छन्, '५० को दशकको तुलनामा अहिलेका गीतमा ठूलो भिन्नता देखिएको छ ।' उनले केही गीतको उदाहरण पेस गर्दै ५० को दशकमा हर्षविभोर बनाउने खालका गीतको आधिपत्य रहेको जिकिर गरे ।


अध्ययन भन्छ- ५० को दशकको एल्भिस पि्रस्लीको गीत 'अल सुक अप' ले व्यक्त गर्ने भावनाभन्दा अहिलेको चल्तीको टेलर स्विफ्टको 'ब्याड ब्लड', माइली साइरसको 'रिंकिङ बल' र जस्टिन बिबरको 'सरी' बोलका गीतमा दुःख र पीडाको मात्रा अत्यधिक छ ।


यी गीत आ-आफ्ना समयका अत्यधिक रुचाइएका हुन् ।क्यालिफोर्निया युनिभर्सिटीका नटलिया कोमारोभाले पनि संगीतको स्वाद अनुसन्धान गर्ने क्रममा आफ्नै छोरीले नकारात्मक भाव पैदा गर्ने गीत रुचाएको देखेर आश्चर्यचकित भएको बताएकी छन् ।


उनको समूहले लाखौं संगीतप्रेमीमा गरेको अध्ययनको निचोड पनि सामिरको भन्दा फरक देखिएन । कोमारोभाले नकारात्मक भाव पैदा गर्ने गीत सँगसँगै आइटम (डान्सिङ) नम्बरका गीत पनि उत्तिकै चलेको नयाँ तथ्य पत्ता लगाएकी छन् । उनलेे वियोन्से र चार्लीका गीतमा यी दुवै तत्त्व मिसिएको खुलाइन् ।


डेबिट रोब्सन

प्रकाशित : जेष्ठ ६, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?