१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बैतडीमा जिप दुर्घटना, ३ को मृत्यु

बैतडी — बैतडीको दशरथचन्द नगरपालिका ११ नानीगाडमा आइतबार बिहान जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सदरमुकामबाट देवताल मन्दिर पुजा गर्न जाने भक्तजन बाकेको ग १ ज ४९२१ नम्बरको जिप बिहान साढे ११ बजेतिर सडकभन्दा डेढसय मिटर तल खसेको थियो । दुर्घटना परी अन्य ३ जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ ।

दुर्घटनामा परी दशरथचन्द-१० बाराकोटका अन्दाजी ४०/४५ वर्षका हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

मृत्यु हुने मध्ये एकजनाको भने सनाखत हुन नसकेको र घाइतेहरुलाई जिल्ला अस्पताल बैतडी ल्याइदै गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ ५, २०७६ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?