नेकपाको एक वर्ष: पार्टी सञ्चालनमा प्रश्नैप्रश्न

काठमाडौँ — तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार एक वर्ष पुग्दै छ । यो अवधिमा पार्टी सञ्चालन प्रक्रियाप्रति नेतृत्वमाथि प्रश्नैप्रश्न उब्जिएका छन् । केन्द्रदेखि स्थानीय तहसम्मका नेता-कार्यकर्ताले अझै पूर्ण रूपमा काम पाउन सकेका छैनन् । जसका कारण पार्टीको ठूलो शक्ति खेर गएको नेताहरू बताउँछन् । करिब दुई तिहाइ सिट जितेको चुनावी गठबन्धनलाई एकतामा रूपान्तरण गर्दा नेता-कार्यकर्तामा जुन उत्साह थियो, त्यो एक वर्षमै क्षीण भएको छ ।



मनिला — फिलिपिन्सले ५ वर्षअघिको फोहोर विवादका कारण क्यानडास्थित राजदूतलाई फिर्ता बोलाएको छ । फिलिपिन्सका विदेशमन्त्रीले क्यानडाले सन् २०१४ मा आफ्नो सामुदि्रक क्षेत्रमा झारेको फोहोरका कन्टेनर फिर्ता लग्न दिइएको समयसीमा गुजारेकाले राजदूत फिर्ता बोलाउन बाध्य भएको बताए ।
