२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रुपन्देहीमा प्रहरीद्वारा हवाइ फायर, पेस्तोलसहित नेपाल आउँदै गरेका भारतीय नागरिक पक्राउ 

माधव ढुंगाना

भैरहवा — हतियारसहित नेपाल आउँदै गरेका भारतीय नागरिकलाई पक्राउ गर्ने क्रममा रुपन्देहीको नेपाल-भारत सीमावर्ती क्षेत्रमा शंकरपुरमा प्रहरीले हवाई फायर गरेको छ । 

रुपन्देहीमा प्रहरीद्वारा हवाइ फायर, पेस्तोलसहित नेपाल आउँदै गरेका भारतीय नागरिक पक्राउ 

रुपन्देही प्रहरीका अनुसार भारतको महाराजगञ्ज जिल्ला फरेनी बजार बस्ने करिब ५० वर्ष झिनक धोबीलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड हवाइ फायर गरेको हो ।

हतियारसहित नेपाल आउँदै गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनलाई छुटाउन भारत तर्फबाट ३०/४० जनाको समूहले प्रहरीको टोली माथि आक्रमण गर्दा आत्मरक्षाका लागि प्रहरीले हवाइ फायर गरेका थिए ।


उक्त घटनामा एक भारतीय घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाएको छ । सीमापारिबाट भारतीय समूहले गरेको आक्रमणबाट सादा पोशाकमा खटिएका प्रहरीहरु तेजबहादुर कुवँर, प्रेम आले र विक्रम मल्ल घाइते भएको रुपन्देही प्रहरीका डीएसपी धर्मराज भण्डारीले बताए ।

भारतीय नागरिकबाट अमेरिकामा बनेको स्वचालित एकथान पेस्तोल र एकथान म्यागजिन बरामद भएको छ । धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीमा कसैले मगाएर धोबीले हतियार ल्याएको हुनसक्ने प्रहरीलेे प्रारम्भिक अनुमान छ ।

प्रकाशित : जेष्ठ २, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?