कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चट्याङले २८ भेडा मारिए 

लमजुङ — दूधपोखरी गाउँपालिका-१ मलेयाडाँडा लेकको घुम्ती गोठमा चट्याङ पर्दा २८ वटा भेडा मरेका छन् । गत बैशाख २८ परेको चट्याङले रुख ढाल्नुका साथै भेडा मारेको किसानले बताएका छन् । घटनामा साढे ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।  

चट्याङले २८ भेडा मारिए 

लेकमा दूधपोखरी- ६ र दोर्दी- ५ का किसानले पतिपुरे सामुदायिक भेडापालन समूह गठन गरी सामूहिक रुपमा घुम्ती गोठ बनाएर भेडा पालेका छन् ।


घटनास्थलमा प्राविधिक तथा भेडापालक किसान मंगलबारमात्रै पुगेका थिए । दूधपोखरी गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक दीनेश गुरुङका अनुसार भेडा मरेको खबर पाएपछि टोली त्यसतर्फ गएको हो ।


दोर्दीका पशु स्वास्थ्य प्राविधिक विनोदप्रसाद कट्टेल र भेडापालन समूहका १३ किसान एक दिनको बाटो पैदल हिँडेर भेडीगोठ पुगेका थिए ।

दोर्दीका किसान दूरजंग गुरुङका अनुसार गोठमा ५ सय ५० भेडा र सय वटाभन्दा बढी बाख्रा थिए । गोठमा दूधपोखरी गाउँपालिका ६ को ओखरी, भीरकुना, साल्मे साथै दोर्दी गाउँपालिका ५ को पाचोक, सिम्रुङ लगायत गाउँका २५ जनाका भेडा थिए ।

प्रकाशित : जेष्ठ २, २०७६ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?