कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सख्मा टोलमा ट्युबवेल गाडियो

विनु तिम्सिना

विराटनगर — बुढीगंगा गाउँपालिका-२ सख्मा टोलमा उखेलिएको ट्युबवेल बिहीबार गाडिएको छ । सख्मा टोलका सनी ऋषिदेव र सिर्जना थापामगर सम्पर्क विहीन भएपछि थापा परिवार र ऋषिदेव परिवारबीच भएको विवादका कारण ऋषिदेव बस्तीको ट्युबवेल थापा परिवारले उखेलिदिएको थियो ।

सख्मा टोलमा ट्युबवेल गाडियो

ट्युबवेल नहुँदा पानी खान समस्यामा परेको भन्दै ऋषिदेव परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मोरङ प्रहरीले मङ्गलवार नै ट्युबवेल गाड्न निर्देशन दिएको थियो ।


बस्तीको सामूहिक ट्युबवेल उखेलिएपछि ऋषिदेव परिवारले पानी खानका लागि एक महिनादेखि विभिन्न समस्या झेल्दै आएका थिए । बिहीबार घर अगाडि नै ट्युबवेल गाडिदा उनीहरू हर्षित बनेका छन् ।


ट्युबवेल नहुँदा एक महिनादेखि अर्को टोलबाट बोकेर पानी ल्याउनुपर्दा निकै दुःख पाइरहेको कलावती ऋषिदेवले बताइन । 'एक महिनादेखि हामीले पानी खानको लागि धेरै दुःख पाउनुपर्यो,' उनले भनिन्, 'अब घर अगाडी नै ट्युबवेल गाडिएको छ, अर्को बस्तीमा गएर पानी बोक्नु पर्दैन खुसी लागेको छ ।'


थापा परिवारले भने आफ्नी नाबालिक छोरीको अवस्थाको विषयमा अझै कुनै जानकारी नआएको भन्दै गुनासो गरेको छ । लामो समय भइसक्दापनि प्रहरीले आफ्नी छोरीको खोजी गर्न नसकेको उनीहरूको गुनासो छ ।


सनी ऋषिदेव र सिर्जना थापामगर चैत १८ गतेदेखि नै बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा भने उनीहरूले विवाह गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

यो पनि पढ्नुहोस्ः

उखेलिएको ट्युबवेल तुरुन्त गाड्न मोरङ प्रहरीको निर्देशन, सनी र सिर्जनाको खोजी तीव्र

अन्तरजातीय बिहेपछि मुसहर समुदायले पानी पाएन

प्रकाशित : जेष्ठ २, २०७६ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?