कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कञ्चनजंघा आरोहणका क्रममा २ भारतीयको मृत्यु, चिलीका एकजना सम्पर्कविहीन

सुरज कुँवर

काठमाडौँ — विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् ।

कञ्चनजंघा आरोहणका क्रममा २ भारतीयको मृत्यु, चिलीका एकजना सम्पर्कविहीन

मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन् । पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो ।

कञ्चनजंगा आरोहणको क्रममा ज्यान गुमाएका दुई भारतीय नागरिक कुन्ताल करार (बाँया) र विप्लव वैद्य (दाँया) । तस्बिर स्रोत : पीक प्रमोशन

त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन् । निर्देशक शेर्पाका अनुसार, उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ ।

यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइने कम्पनीले जनाएको छ । हराएका रोडरीगोको खोजी भइरहेको छ । यस सिजनमा यस कम्पनीबाट कञ्चनजंघा आरोहणमा चारवटा आरोहण दल गएका थिए । तीनमा २३ आरोही थिए ।

यीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीबार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याउने तयारी गरीरहेको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?