१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कृषि उद्यमी बनाउन १० लाख अनुदान

५ वर्षमा ५ हजारलाई रोजगारी
राजु चौधरी

काठमाडौँ — सरकारले वार्षिक एक हजार कृषि उद्यमी बनाउने तयारी गरेको छ । स्वदेशी युवालाई विदेश पलायन हुन नदिन कृषि मन्त्रालयले 'युवा विशेष कार्यक्रम' प्रस्ताव गरेको हो । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार उक्त कार्यक्रम अन्तर्गत कृषि उद्यमी गर्न चाहनेलाई करिब १० लाखसम्म अनुदान दिइने छ ।

कृषि उद्यमी बनाउन १० लाख अनुदान

'मुख्य उद्देश्य रोजगारी सृजना गर्नु हो,' प्रवक्ता सुवेदीले भने, 'यस अन्तर्गत साना किसान/साना व्यवसायी र आफ्नो व्यवसाय विस्तार गर्न चाहनेलाई १० लाख अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।'


मन्त्रालयका अनुसार अनुदान गाउँपालिकाको सिफारिसमा बैंक मार्फत दिइने छ । व्यवसाय गर्न चाहनेले ५०/५० प्रतिशत लगानी गर्नुपर्ने जनाएको छ । 'व्यवसायीले आफ्नो पैसाले केही काम गरेको पुष्टि भए मात्रै अनुदान पाइन्छ,' उनले भने, 'अनुदानको लागि गाउँ/नगरपालिकाको सिफारिस अनिवार्य हुन्छ ।' मन्त्रालयका अनुसार यो पञ्चवर्षे योजना हो । यस योजना अन्तर्गत ५ वर्षमा ५ हजारलाई रोजगारी बनाउने योजना रहेको मन्त्रालयले जनाएको छ ।


सरकारले यसअघि २०७३ सालमा पनि व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा कार्यक्रम सुरु गरेको थियो । 'विदेश जान रोक्ने, व्यवसायीक प्रयोजनका लागि १४ हजार ६ सय ३९ जनाले २५ अर्ब १८ करोड ३१ लाख बराबरको ऋण लिएका छन्,' राष्ट्र बैङ्कको तथ्याङमा छ । यो ऋण अन्तर्गत सरकारले ५ प्रतिशत ब्याज अनुदान दिन्छ । बैंकले भने १० प्रतिशत ब्याज अनुदान दिँदै आएको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?