कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

नेपाल-भारतको सम्बन्ध ऐतिहासिक उचाइमाः भारतीय विदेशमन्त्री

नयाँदिल्ली — भारतीय उच्च अधिकारीहरुले विगत डेढ वर्षमा नेपाल-भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् । भारतको पाँच दिने भ्रमणका लागि दिल्ली आइपुगेको नेपाली पत्रकारहरुको प्रतिनिधिमण्डलसँगको अनौपचारिक भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विगत डेढ वर्षयता दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताइकी हुन् । 'नेपाल-भारत सम्बन्धम अहिलेसम्मकै उचाइमा पुगेको छ,' स्वराजले प्रसन्न मुद्रामा नेपाली प्रतिनिधिमण्डलसँग भनिन् । 

नेपाल-भारतको सम्बन्ध ऐतिहासिक उचाइमाः भारतीय विदेशमन्त्री

यसैगरी नेपाली पत्रकारहरुसँगै भएको बेग्लै भेटमा भारतीय विदेश सचिव विजय शेखर गोखलेले पनि भारतले सँधै नै छिमेकमा लोकतन्त्रको समर्थन हुँदै आएको र नेपालमा १९५० देखि सुरु भएको सम्पूर्ण लोकतान्त्रिक प्रक्रियाको सकारात्मक निष्कर्समा पुगेको भारत खुशी रहेको बताएका छन् । त्यसैगरी नेपालमा डेढ वर्षअघि स्थिर सरकार बनेयता भएका समझदारी र सम्झौताहरुको कार्यान्वयन पक्षप्रति पनि गोखलेले सन्तोष व्यक्त गरेका छन् ।


साथै राजनीतिक नेतृत्वको पहल र सहयोगकै कारण विगत डेढ वर्षयता दुई सरकारबीच प्रायः सबै विषयमा छलफल भइरहेको समेत उनले बताएका छन् । भेटमा गोखलेले विगत पाँच वर्षमा नेपाल-भारतसम्बन्धमा देखिएको उतारचढावतर्फ संकेत गर्दै विगत बिर्सन नसकिने भए पनि सँधै त्यसमा अडिन नहुने समेत उल्लेख गरेका थिए । 'हो, विगतलाई बिर्सन सकिँदैन, त्यसैमा बस्ने होइन । वर्तमान र भविष्यलाई हेरेर अगाडि बढ्ने हो । विगत पचास वर्षमा के भयो ? विगत दुई सय पचास वर्षमा के भनेर त हामीहरु अगाडि नै पढ्न सक्दैनौं । त्यसो हो भने सबै काम छाडेर विगतमा के के गुमायो भनेर मात्र गम्दै बस्ने त?,' विदेशसचिव गोखलेले भने ।


साथै भारत लोकतन्त्रिक मुलुक भएकाले त्यसैअनुरुप जिम्मेवारपूर्वक सम्बन्ध राख्न चाहेको पनि उनले जिकिर गरे । 'हामी लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित सरकारलाई विश्वास र समर्थन गर्छौं । र, हामीहरु नेपाल सरकार र त्यहाँका जनतासँग मित्रतापूर्ण सम्बन्ध विकास गर्न चाहन्छौं,' उनले भने । नेपालमा नयाँ सरकार बनेयता भएका द्विपक्षीय भ्रमणहरुले पनि त्यो प्रष्ट हुने उनले बताए । डेढ वर्षअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणलाई पनि गोखलेले त्यही पहलको रुपमा अर्थ्याएका छन् ।


'सरकार बन्नु अघि नै विदेश मन्त्री सुष्मा स्वराजले नेपाल भ्रमण गरेर त्यहाँका सबै जसो उच्च राजनीतिक नेतृत्वलाई भेटेर त्यही पनि त्यही सन्देश दिनु भएको थियो,' गोखलेले भनेका छन् ।


डेढ वर्षअघि संसदको निर्वाचन सम्पन्न भएलगत्तै विदेशमन्त्री स्वराज आकस्मिक रुपमा नेपाल भ्रमण गरेकी थिइन् । उक्त भ्रमणलाई नरेन्द्र मोदी सरकारको भारतसँग चिसो सम्बन्ध रहेका भनिएका केपी ओलीसँगको सम्बन्ध सुधारको प्रयासका रुपमा हेरिएको थियो । त्यसैगरी सञ्चारकर्मीहरुसँगको भेटमा एकवर्षको अवधिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई पटक भ्रमण हुनुले पनि भारतले नेपालसँगको सम्बन्धलाई दिएको महत्व प्रष्ट हुने गोखलेको जिकिर थियो । भारतीय प्रधानमन्त्री मोदीले गत वर्ष मे द्विपक्षीय भ्रमण र गतवर्ष अगष्टमा विमस्टेक सम्मेलनका लागि काठमाडौं गएका थिए ।


उच्च राजनीतिक नेतृत्वबीच विकसित समझदारीकै कारण दुई देशका सरकारी तहमा पनि उल्लेखनीय पहलहरु भएको उनलाई नेपालीहरुलाई बताए । सचिवस्तरीय नियमित भिडियो कन्फ्रेन्स, दुई मुलुकका उच्च अधिकारीहरुको द्विपक्षीय भ्रमणले दुई देशबीच रहेका सबैजसो विषयहरुमाथि छलफल र संवाद अगाडि बढाउन सहयोग पुगेको गोखलेको भनाई थियो । 'भारतले नेपाली पक्षसँग जुनसुकै विषयमा पनि छलफल गर्न तयार छौं भनेर भनिसकेका छौं । व्यापार, पारवहन, कनेक्टिभिटि, उर्जा, पानी, जनजनसम्बन्धलगायतका सबै विषयमा छलफल गर्न छौं,' उनले भने ।


उनले विगत डेढ वर्षमा पशुपति धर्मशाला, वीरगञ्ज एकीकृत जाँच चौकी, दुईवटा अन्तरदेशीय प्रसारण लाइन, दुई वटा अन्तरदेशीय रेलमार्ग, ६ महिनाभित्रै रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ र ट्राफिक सर्भेजस्ता उल्लेख्य कामहरु सम्पन्न भएको जानकारी दिए ।


त्यसका अतिरिक्त नेपाल र भुटानको अनुरोधअनुसार विद्युत व्यापारसम्बन्धी निर्देशिकाको समिक्षा भइसकेको र जलमार्ग सन्दर्भमा वाराणसी मल्टिमोडल टर्मिनल सञ्चालनमा आइसकेको र कालुघाट र शाहिबगंन्ज पनि तयार भइसकेको हुँदा त्यसलाई कसरी उपयोग गर्ने भन्ने नेपाल सरकारमा निर्भर रहने समेत उनले गोखलेको भनाई थियो । साथै जग्गाअधिग्रहणलगायत जस्ता विषय कारण हुलाकी मार्ग र पाइपलाइनमा पनि केही ढिलाई भने परियोजना कार्यान्वयनका लागि नेपाल सरकारले देखाएको तत्परताको गोखलेले प्रशंसा गरे ।


सचिव गोखलेले पत्रकारहरुसँगको भेटमा दुई देशबीचको राजनीतिक सम्बन्धका अतिरिक्त सरकारी तहमा भएका कामका प्रगतिहरुलाई समेत प्रकाश पारिदिन नेपाली सञ्चारमाध्यमहरु अनुरोध गर्दै त्यसबाट नै दुई देशबीचको सम्बन्धको यथार्थपरक तस्बिर बाहिर आउने बताए । विभिन्न सञ्चारगृहका करीब डेढ दर्जन पत्रकारहरु सम्मिलित नेपाली प्रतिनिधिमण्डल भारतको दुई दिने भ्रमणका लागि सोमबार दिल्ली आएको हो ।

प्रकाशित : वैशाख ३१, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?