१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

याक एण्ड यति हाेटलबाट १२ भारतीय नियन्त्रणमा

जनकराज सापकाेटा

काठमाडौँ — अबैध नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेकाे आराेपमा राजधानीस्थित याक एण्ड यति होटलबाट प्रहरीले १२ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। 

याक एण्ड यति हाेटलबाट १२ भारतीय नियन्त्रणमा

महानगरीय प्रहरी परिसर, अपराध महाशाखा र राजश्व विभागकाे टोलीले नेटवर्किङ व्यवसायमा स‌लग्न रहेकाे सूचनाका आधारमा छापा मार्दा भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

उनीहरुले दुबई मुख्य कार्यालय रहेकाे नेटवर्किङ कम्पनीकाे भारतकाे लखनउमा शाखा कार्यालय रहेकाे र त्यँहीबाट सुन, रियलस्टेट लगायतका व्यवसाय संचालन गर्ने भन्दै प्रशिक्षण दिएकाे पाइएकाे छ ।

शुक्रबार हाेटलमै २ सयजना बढीलाई प्रशिक्षण दिएकाे खुलेकाे छ । प्रशिक्षणमा सहभागी भएका १५/२० जना नेपाली र अन्य भारतीय भएकाे पाइएकाे छ । उनीहरुले न्यूनतम १२५० डलर जम्मा गर्नुपर्ने र त्यति नै रकम कम्पनीले हालेर नेटवर्किङ व्यवसायमा सहभागी हुन पाउने याेजना बनाएका थिए ।

पक्राउ परेका माथि छानबिन चलिरहेकाे महानगरीय प्रहरी परिसरका डीएसपी हाेबिन्द्र बाेगटीले बताए ।

प्रकाशित : वैशाख २८, २०७६ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?