कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य बिक नेकपामा प्रवेश  

काठमाडौँ — पूर्वसभासद् एवं तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा बिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेकी छिन् । बुधबार धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले नेतृ बिकलाई स्वागत गरे ।

तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य बिक नेकपामा प्रवेश  

बिक राष्ट्रिय जनमुक्ति पार्टीबाट सभासद् बनेकी थिइन् । जनमुक्ति पार्टी फुटेर शिवलाल थापा नेतृत्वमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) बनेपछि उनी उतै लागे । पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा विक प्रवेश गरेकी थिइन् ।


पूर्वसभासद् बिकले भट्टराई नेतृत्वको पार्टीले लिएको एजेन्डा पूरा नगरेकोले आफू नेकपामा प्रवेश गरेको बताइन् । उनले नयाँ शक्तिका अन्य नेता, कार्यकर्ताहरु नेकपामा प्रवेश गर्ने लाइनमा रहेको बताइन् ।


नयाँ शक्ति पार्टी संघीय समाजवादी फोरममा मिसिन गएपछि केन्द्रीय तहका नेताहरु समेत असन्तुष्ट बनेका छन् । असन्तुष्ट मदन राई, कल्पना धमला, रामरिजन यादव, देवेन्द्र पराजुली लगायत नेताले बुधबार ललितपुरमा बेग्लै बैठकसमेत गरेका छन् ।




प्रकाशित : वैशाख २५, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?