२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको : रामचन्द्र पौडेल

राजकुमार कार्की

सिन्धुली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए । 

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको : रामचन्द्र पौडेल

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको भएकाले समस्या उत्पन्न भएको नेता पौडेलको भनाइ थियो ।


अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले 'लथालिंग देशको भताभु्ग चाला, जसजसले सक्छ, उसैले खाला' भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको आरोप लगाए ।

कांग्रेसले थालेको जागरण अभियानका क्रममा प्रदेश २ को धनुषा हिँडेका पौडेलले सबै किसिमका अराजकता र गलत प्रवृत्तिको चिरफार गर्ने जनाए । अभियानले आफैं भित्र भएको धुलोलाई समेत बढार्ने जनाउ दिए । भर्खरै एकीकरण भएको समाजवादी पार्टी नेपाल तर्फ इंगित गर्दै नेता पौडेलले ११ प्रदेशको कुरा ल्याएर जनतालाई भ्रममा पारेको उल्लेख गरे । संविधानले टुंग्याएको कुरालाई फेरि बखेडा झिकेर देशलाई अन्योलतामा धकेल्ने काम भएको पौडेलको भनाइ थियो । एक प्रसंगमा पौडेलले आफू कुनैपनि काण्डमा नमुछिएको भन्दै दोषी उम्कन नहुने तर्क गरे ।


जागरण अभियानकै क्रममा सिरहा खटिएका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारको काम सपना बेच्ने कुरा गर्ने मात्र भएको बताए । अझै संविधानको पूर्ण कार्यान्वयन नभइसकेकाले संक्रमणकालीन अवस्था रहेको महतले जनाए ।


राष्ट्रपति, प्रधानमन्त्री र नेताका नाममा सडक तथा विभिन्न कार्यक्रम ल्याइ सरकारले बद्नाम गर्ने काम गरेको महतको आरोप थियो । कांग्रेस सरकारमा हुँदा गरिएको कामलाई आफू र आफ्ना नेताको नाम दिइ वर्तमान सरकारले एकलौटीकरण गरेको महतको भनाइ छ । हावादारी र कपोकल्पित काम मात्र वर्तमान सरकारले गरेको उनले बताए । ७ वर्षमा पनि नआउने चिनको रेल तीन वर्ष भित्र आउँछ भनेर भ्रम फैलाएको नेता महतले टिप्पणी गरे ।

प्रकाशित : वैशाख २५, २०७६ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?