१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ओली निगमको न्यारोबडीमा भियतनाम जाने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनाम र कम्बोडिया भ्रमणमा नेपाल वायुसेवा निगमको न्यारोबडी विमान एयरबस ३२० प्रयोग गर्ने निश्चित भएको छ ।

ओली निगमको न्यारोबडीमा भियतनाम जाने

वैशाख २६ देखि हुने एक साता लामो औपचारिक भम्रणमा प्रधानमन्त्री ओलीले पहिलो पटक निगमको चार्टर विमान प्रयोग गर्ने भएका हुन् । उच्च स्रोतका अनुसार निगमको विमानलाई परराष्ट्र मन्त्रालयले प्रतिघण्टा ११ हजार ६ सय २० डलर भाडा तोकेको छ ।

परराष्ट्रले उक्त भीभीआईपी चार्टर उडानमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित ३५ जना यात्रु रहने जनाएको छ । निगमको विमान काठमाडौंबाट मंगलबार भियतनामको राजधानी हनोई जानेछ ।

प्रधानमन्त्रीसहितको टोलीलाई हनोईमा छाडेर त्यसै दिन नेपाल फर्किने छ । ‘निगमले प्रतिघण्टाको ११ हजार ६ सय २० डलरका दरले ७ घण्टा हाराहारीको भाडा लिनेछ,’ निगम उच्च स्रोतले कान्तिपुरसँग भन्यो । भियतनामपछि कम्बोडिया हुँदै प्रधानमन्त्री जेठ १ मा बैंककबाट निगमको नियमित उडानमा काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित : वैशाख २५, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?