कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बर्दियामा हुरीले ८० घरमा क्षति

कमल पन्थी

बर्दिया — बर्दियाको बाँसगढी नगरपालिका-२ मा गएराति आएको हुरीले ८० वटा घरमा क्षति पुर्‍याएको छ । राझासिमल र वनमुढुवा गाउँमा आएको हुरीले घरको छानो उडाएको छ । खरको छानो, टायल र जस्ता उडाएको नगरपालिकाका मेयर शालिकराम अधिकारीले जानकारी दिएका छन् । 

बर्दियामा हुरीले ८० घरमा क्षति

हुरी आएपछि भाग्ने क्रममा ३ जना घाइते भएका छन् । राढा शाही, अस्मिता शाही र अनुजा शाहीको खुट्टf, छाती र हातमा चोट लागेको छ । उनीहरुलाई कोहलपुरको एक अस्पतालमा उपाचार्थ लगिएको छ । वडाध्यक्ष घमण्ड चन्दका अनुसार राति हुरी गएपनि जिल्ला प्रशासनमा भने शुक्रबार दिउँसो ४ बजे मात्रै जानकारी गराइएको थियो ।


चन्दले भने, 'एकमिनेट जित आएको हुरीले सयवटा भन्दा रुख ढलेका छन् । रातिदेखि गाउँलेहरु उद्दारमा लागेकाले समयमा नै सम्बन्धित निकायमा खबर गर्न पाइएन ।'


बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको उक्त गाउँमा बिजुली छैन । वर्दियाको विकट गाउँ मानिने दुई गाउँमा अहिले सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले उद्दार गरिरेहेको छ ।


प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङका अनुसार प्रहरी घटनास्थल पुगिसकेको र हुरीबाट प्रभावितको गणना तथा क्षतिबारे तथ्यांक संकलन गर्ने काम भइरहेको छ।


उनले भोलिबाट त्रिपाल तथा प्रतिघर १० हजार रुपैयाँ राहतस्वरुप दिइने जानकारी दिए । उनले भने, 'जिल्ला विपत् व्यवस्थान समितले १० हजार दिने भनेको छ । थप विवरण संकलन भइरहेको छ ।'

प्रकाशित : वैशाख २०, २०७६ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?