३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रमलाई झुटको पुलिन्दा भएको टिप्पणी गरेका छन् । संघीय संसद् भवनबाट बाहिरिँने क्रममा सञ्चारकर्मीसँग बोल्दै सांसद थापाले नीति तथा कार्यक्रम पुरानैको निरन्तरता मात्र भएको बताए । 'सरकारको आज सार्वजनिक भएको नीति तथा कार्यक्रम झुटको पुलिन्दा हो' उनले भने, 'यसले समृद्धि ल्याउँदैन ।'

सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा : गगन थापा

नीति तथा कार्यक्रममा गत वर्षको समीक्षासमेत हुन नसकेको भन्दै उनले यसले आगामी वर्ष कुनै उपलब्धि नहुने र जनतामा निराशा ल्याउने दाबी गरे ।


कांग्रेसका अर्का सांसद नारायण खड्काले पनि नीति तथा कार्यक्रममा नयाँ कुरा समेट्न नसकेको प्रतिक्रिया दिए । उनले सरकारले आगामी वर्षको कार्यक्रमले स्पष्ट दिशासमेत दिन नसकेको टिप्पणी गरे ।


तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमबाट समृद्धि आउने दाबी गरे ।


प्रकाशित : वैशाख २०, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?