१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राष्ट्रपतिले 'मेरो सरकार' भनेपछि सामाजिक सञ्जालमा व्यंग्य

नीति तथा कार्यक्रममा २१ स्थानमा 'मेरो सरकार'

काठमाडौँ — सरकारको नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले 'मेरो सरकार' भन्ने उच्चारण गरेपछि सामाजिक सञ्जालमा आलोचना र व्य‌ंग्य सुरु भएको छ । राष्ट्रपति भण्डारीले लिखित मन्तव्यमार्फत् सरकारको नीति तथा कार्यक्रम पेस गरेकी हुन् ।

राष्ट्रपतिले 'मेरो सरकार' भनेपछि सामाजिक सञ्जालमा व्यंग्य

सरकारको नीति तथा कार्यक्रमको लिखित मन्तव्यमा पनि 'मेरो सरकार' भन्ने वाक्यांश उल्लेख छ । सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा राष्ट्रपतिले २१ पटक मेरो सरकार उच्चारण गरेकी थिइन् ।


सामाजिक सञ्जाल प्रयोगकर्ताले भने गणतन्त्रमा पनि राष्ट्रपतिले नेपाल सरकार नभनेर मेरो सरकार भनेकोमा आपत्ति जनाएका छन् । कसले के भने ?

ट्वीटरमा कसले के भने पढ्न यहाँ क्लिक गर्नुहोस् ।


प्रकाशित : वैशाख २०, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?