१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई 'बुटिक' बनाइने

विमान अवतरण र उडान गर्न मिल्ने गरी राजमार्गको विकास गरिने 
राजेश मिश्र

काठमाडौँ — सरकारले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई 'बुटिक' विमानस्थल बनाइने घोषणा गरेको छ । 

एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई 'बुटिक' बनाइने

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक परम्परा र संस्कृति झल्किने गरी विमानस्थललाई 'बुटिक' अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताएकी छन् । चौविसै घण्टा विमानस्थललाई सञ्चलानमा ल्याइने गरी काम भइरहेको उनले उल्लेख गरिन् ।


उपत्यका नजिकै उपयुक्त स्थानमा आन्तरिक विमानस्थलको विकास गरिने भन्दै उनले अन्य आन्तरीक विमानस्थलको पनि स्तरवृद्धि गरिने बताइन । रात्रि उडानका सुविधा नभएका विमानस्थलमा उपकरण थप गरी रात्रिकालिन विमान उडानको व्यवस्था मिलाउने उनले बताइन् ।


उनले राजमार्गका उपयुक्त खण्डहरुमा आपत्तकालिन अवस्थामा विमान अवतरण र उडान गर्न मिल्ने गरी विकास गरिने समेत उल्लेख गरिन् ।

प्रकाशित : वैशाख २०, २०७६ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?