१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने

काठमाडौँ — सरकारकाे नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने जनाएकाे छ ।

सरकारको नीति तथा कार्यक्रम : आगामी वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने

संघीय संसदको संयुक्त बैठकमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे सरकारको नीति तथा कार्यक्रममा याे वर्ष सम्बृद्धिका आधार तयार भएको जनाउँदै आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने उल्लेख गरिएकाे छ ।

नीति तथा कार्यक्रममा स्थानीय तह र प्रदेशवीच समन्वयलाई प्रभाबकारी बनाइने योजना रहेको जनाएकाे छ । 'प्रदेश र स्थानीय तहबीचको बिशिष्ट आधार पहिचान गरी विकास गर्ने छ,' राष्ट्रपतिकाे सम्बाेधनमा उल्लेख गरिएकाे छ ।


राष्ट्रपति भण्डारीले भूकम्पपछि बन्द भएको तातोपानी र सुख्खा बन्दरगाह यसैवर्षदेखि सञ्चालनमा आउने निश्चित भएको राष्ट्रपतिले सम्बाेधनमा जनाइन् ।


सम्बाेधनमा आठ हजार विपन्न परिवारलाई आवास प्रदान गरिएको, ४५७ स्थानीय तहमा एक प्राबिधिक विद्यालय स्थापना भइसकेको, प्रमुख खाद्यान्नको उत्पादनमा १० प्रतिशत र पर्यटन क्षेत्रमा ३३ प्रतिशतले वृद्धि भएकाे लगायत उल्लेख गरिएकाे छ ।

प्रकाशित : वैशाख २०, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?