यस्ता छन् सरकारका नीति तथा कार्यक्रम
काठमाडौँ — सरकारले आगामी वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न आधार तय गर्ने बताएको छ । संघीय संसद्मा शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र आर्थिक वृद्धि हुने उल्लेख गरेकी हुन् ।
यस्ता छन् नीति तथा कार्यक्रमहरु :
- एक प्रदेश वा एक स्थानीय तहले विकासका असल अभ्यास अर्को प्रदेश वा स्थानीयले अवलम्बन गर्ने उत्पेरित गरिने छ ।
- आगामी आर्थिक वर्षबाट २५ वर्षे दीर्घकालीन सोच सहित पन्ध्रौं योजना लागू गर्ने घोषणा ।
- आगामी चार वर्षमै दोहोरो अंक (१० प्रतिशत भन्दा माथि) को आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा ।
- ठेकेदार भागेर हाल अलपत्र परेको मेलम्ची खानीपानी आयोजना आउदो वर्ष नै सम्पन्न ।
- आगामी वर्ष पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माण कार्य शुरु गर्ने ।
- पाँच लाख रोजगारी सिर्जना गर्ने ।
- जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्रबाट उद्योगी व्यवसायीलाई सेवा दिने । लगानीकर्तालाई वर्षौदेखि आश्वासन बाडिएको एकल विन्दु सेवा केन्द्र (एकद्वार निकाय) बल्ल गठन भएको छ ।
- उद्योगीलाई सबै सेवा एकै ठाउँबाट दिने गरी गत १६ गते केन्द्र गठन भएको छ ।
- आगामी वर्ष सात वटै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना ।
- सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रुपमा विकास गरिने ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थल २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइने छ । हाल २१ घण्टा मात्रै सञ्चालनमा छ ।
- नदी किनारका जमिन, राजमार्गका सडक किनारा, खेतवारीका काल्लामा फलफुल खेतीलाई प्रोत्साहन गरिने । विद्यालय वा विश्वविद्यालयका जमिन पनि प्रयोग लगानइने ।
- आगामी वर्षलाई वृक्षरोपण वर्ष घोषणा गरिने ।
- सहकारीलाई उद्यमशीलता विकास र कृषिको आधुनिकीकरणमा परिचालन गरिने । सहकारीको नेतृत्वमा कृषि उत्पादन, प्रशोधन र बजारीकरणका कार्यक्रम ल्याइने ।
- सडक सुरक्षा, पर्खाल सहितको सडक बनाइने । सकरारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने ।
- मौजुदा तथा निर्माणधीन सडकमा सुरुङमार्ग बनाइ लागत घटाइने ।
- हुम्ला र डोल्पा जिल्लासम्म सडक पुर्याउने घोषणा ।
- सम्पुर्ण स्थानीय तहका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने ।
- काठमाडौंलाई चीन र भारतसँग जोड्ने रेलमार्गको निर्माण कार्य दुई वर्ष भित्र सुरु गर्ने ।
- ३ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने । आगामी वर्ष मात्रै एक हजार विद्युत उत्पादन गर्ने घोषणा ।
- आगामी आर्थिक वर्षबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनमा ल्याउने ।
- सामाजिक सुरक्षा रकम वृद्धि गर्ने घोषणा । नीति तथा कार्यक्रमबाट वृद्ध भत्ता रकम घोषणा यो पहिलोपटक भएको हो ।
- आगामी ४ वर्षभित्रै बायोमेट्रिक सूचना प्रणालीको राष्ट्रिय परिचयपत्र वितरण गरिने । सबै विवरण यसमा समावेश गर्ने ।
- सबै आर्थिक कारोवार बैंकिङ प्रणालीबाट मात्रै गर्ने व्यवस्था गर्ने । हाल १० लाख रुपैयाँ भन्दा बढीको कारोबारलाई बैंकिङ प्रणाली अनिवार्य गरिएको छ ।
- सार्वजनिक सवारीसाधनमा यात्राकार्ड लागु गर्ने । ठूला सवारीसाधन सञ्चालनमा प्रोत्साहित गर्ने । हाल ४० सिट भन्दा बढी क्षमताका सवारीसाधन आयातमा भन्सार छुटको व्यवस्था छ ।
- विद्युतीय सवारीसाधन प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन बनाइने ।
- आगामी दुई वर्षभित्र नेपाललाई साक्षर नेपालको घोषणा
- आगामी आर्थिक वर्षभित्र सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने ।
- आगामी वर्षभित्र भत्तपुरको दुवाकोटमा वीर अस्पतालको भवन निर्माण सुरु गरिने।
- विकास सहायतालाई राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने । रेमिट्यान्सलाई औपचारिक प्रणालीबाट मात्रै भित्र्याउने घोषणा ।
- सबै प्रकारका आर्थिक प्रणालीको मौद्रिककीकरण गरिने ।
- परराष्ट्र नीतिलाई सुदृढ बनाउन बौद्धिक क्षेत्रमा सगरमाथा संवाद कार्यक्रम सुरु गरिने ।
- स्थानीय कच्चापदार्थमा आधारित लघु घरेलु उद्योगलाई प्रोत्साहन गरिने ।
- चोभारको अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहा तीन वर्षभित्र सञ्चालनमा ल्याइने ।
- पेट्रोलियम पाइपलाइनबाट आगामी वर्ष पेट्रोलियम पदार्थ आयात गरिने ।
- कृषकहरुलाई समयमै उन्नत मल बीउ उपलब्ध गराउने प्रतिवद्धता ।
- विषादीजन्द पदार्थको नियमन र अनुगमनका लागि विशेष व्यवस्था गरिने ।
- युवाहरुलाई कृषिमा आकषिर्त गर्ने कार्यक्रम ल्याइने । कृषिलाई उद्योगको रुपमा विकास गर्ने ।
- अतिक्रमित जग्गा आगामी वर्ष सरकारीकरण गरिसक्ने । सार्वजनिक जग्गामा अतिक्रमण हटाइने । अतिक्रमण गर्नेमाथी छानविन र कारवाहीको घोषणा ।
- रामायण सर्किट अन्तर्गतको सडक निर्माणलाई प्राथमिकता दिइने ।
- गुणस्तरीय पर्यटक भित्र्याउन सेवाको गुणस्तर वृद्धि गर्ने । पर्यटक भित्र्याउन विन्नि देशसँग हवाई सेवा सम्झौता गर्ने । नयाँ हवाई रुटका लागि छिमेकी राष्ट्रसँग सम्झौता गरिने ।
- सार्वजनिक सहरमा सवारी साधन व्यवस्थित गर्न प्रमुख सहरमा बहुतले पार्किंङ भवन बनाइने । सर्वाजनिक सवारीले जाँच गराउन फिटनेश सेन्टर बनाइने । त्यस्तो सेन्टरमा सार्वजनिक सवारीसाधनले अनिवार्य परीक्षण गराउनुपर्ने ।
- जोखिमयुक्त वस्तीमा रहेका सर्वसाधारणलाई सुरक्षियत स्थानमा आवासको व्यवस्था गरिने ।
- काठमाडौ उपत्यकामा ३ हजार अट्ने क्षमताको सम्मेलन केन्द्र निर्माण गरिने । तीन वर्षभित्र ५ हजार अट्ने सम्मेलन केन्द्र निर्माण । सबै प्रदेशमा सम्मेलन केन्द्र निर्माणको प्रारम्भिक काम गर्ने ।
- सिनेमा पर्यटन प्रवर्द्धन गर्ने । छायांकन गर्न नेपाल आउने विदेशीहरुका लागि एकद्वार प्रणालीबाट सेवा उपलब्ध गराइने ।
- आगामी दुई वर्षभित्र पुनिनिर्माण कार्य सक्ने घोषणा ।
- आगामी दुई वर्षभित्रमा प्राविधिक विद्यालय सञ्चालन गरिने । सबै सामुदायिक माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला निर्माण गरिने ।
- २०७६ देखि ०८५ सम्मलाई सार्वजनिक विद्यालय सुधारको दशक मानिने ।
- देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निःशुल्क प्याड उपलब्ध गराइने ।
- टोल-टोलका नागरिकका लागि आरोग्य कार्यक्रम सञ्चालन ।
- महिलाहरुका लागि क्यान्सर र स्तन क्यान्सरकाका लागि निःशुल्क परीक्षण र खोप कार्यक्रम ल्याइने ।
- नियामक निकायको व्यवस्था गरी श्रम निरीक्षण र श्रम अडिट गर्ने ।
- श्रमिकको न्यूनतम पारिश्रमिक बैंकबाटै भुक्तानी गर्नुपर्ने व्यवस्था मिलाइने ।
- श्रमिकको न्यूनतम पारिश्रमिक बैंकबाटै भत्तानी गर्नुपर्ने व्यवस्था मिलाइने ।
- महिला हिंसा हुन दिन नदिने । हिंसा पिडितहरुका लागि पुनर्स्थापना केन्द्र स्थापना गरिने ।
- दुर्गम क्षेत्रमा सुत्केरीहरुको उद्धारका लागि हवाई सेवा दिने ।
- सबै प्रदेशमा सुविधासम्पन्न रंगशाला । स्थानीय तहमा दीर्घकालिन महत्वको खेलग्राम स्थापना ।
- सन २०१९ भित्रै दक्षिण एसियाली खेलकुद प्रतियोगीता आयोजना गरिने ।
- निरपेक्ष गरिबी अन्त्य गरिने । अब नेपालका कोहि भोक पर्दैन, भोकले कोही मर्दैन ।
- निरपेक्ष गरिबी अन्त्य गरिने । अब नेपालका कोहि भोक पर्दैन, भोकले कोही मर्दैन ।
- उच्च पदमा कार्यरत कर्मचारीहरुसँग कार्यसम्पादन करार गर्ने ।
- कर्मचारीको सेवा सुविधा पुनमुल्यांकन गरिने ।
- विकास आयोजनाहरुमा तीन सिफ्टमा काम सञ्चालन गरिने ।
प्रतिक्रिया