कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सरकारको नीति तथा कार्यक्रम : राष्ट्रपतिले सरकारकाे प्रगति सुनाउनै खर्चिइन् २५ मिनेट

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सरकारले हालसम्म गरेको उपलब्धिको चर्चा गर्न २५ मिनेट समय खर्च गरेकी छिन् ।

सरकारको नीति तथा कार्यक्रम : राष्ट्रपतिले सरकारकाे प्रगति सुनाउनै खर्चिइन् २५ मिनेट

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा नीति तथा कार्यक्रम पढ्दा हालसम्म भएका उपलब्धि चर्चा गर्न समय खर्च गरेकी हुन् ।

सरकारले गरेको द्विपक्षीय तथा बहुपक्षीय भ्रमण तथा वार्ता, लगानी सम्मेलन, पुननिर्माण, विकास निर्माण, विद्युत विकास, शैक्षिक तथ्यांक, सामाजिक कार्य, उद्धार तथा हावाहुरी पीडितलाई रहत लगायत विषय चर्चा गरिएको छ । यी सबै कामले दुई अंकको आर्थिक वृद्धि हुने दाबी गरिएको छ । ‘लगातार दुई वर्ष ६ प्रतिशत र यसवर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भएकाले दोहोरो अंकको आर्थिक वृद्धि हुने आधार तयार भएको छ,’ नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति भण्डारीले भनिन् ।

उक्त उपलब्धीहरुको चर्चा गरेपछि राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउन थालेकी छन् ।

प्रकाशित : वैशाख २०, २०७६ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?