कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मकालुमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी 

महानिर्देशक खड्का भन्छन्, 'भारतीयले बढी होहल्ला गर्छन्, त्यो हिमाली भालुको पाइला हुन सक्छ' 
अब्दुल्लाह मियाँ

काठमाडौँ — भारतीय सेनाको आरोहण टोलीले मकालु बरुण निकुञ्जमा हिमाली मानव यतीको पाइला भेटिएको दाबी गर्दै प्रचार गरिरहे पनि निकुञ्जका अधिकारीहरुले भने सिधै अस्वीकार गरेका छन् । 'भारतीहरुले बढी होहल्ला गर्छन्', राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खडकाले कान्तिपुरसित भने, 'यतीको हकमा पनि त्यही हुन सक्छ । उनीहरुले यतिको पाइला भनी प्रचार गरेको तस्बिरलाई हाम्रा विज्ञहरुले भालुको पाइला हुनसक्ने बताएका छन् ।' 

मकालुमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) चन्द्रशेखर चौधरीले पनि भारतीय सेनाको दाबीलाई अस्विकार गरेका छन् । 'उहाँहरुले के आधारमा भन्नुभएको हो मलाई केही थाहा छैन' चौधरीले खड्कासँग भनेका थिए, 'टोली फर्केपछि कुरा गर्नुपर्ला ।' टोली मकालु बरुणबाट फर्कने क्रममै छ ।

भारतीय सेनाको आरोहण टोलीले ९ अपि्रलमा मकालु बेसक्याम्पमा पहिलो पटक ३२*१५ इन्चको रहस्यमयी यतीको पाइला भेटिएको भन्दै इन्डियन आर्मीको ट्वीटर ह्याण्डलबाट ट्वीट गरेको थियो । ट्वीटपछि यसलाई विश्वभर चासोका साथ हेरिएको छ भने बीबीसी, सीएनएनलगायत अन्तराष्ट्रिय मिडियालेसमेत समाचार बनाएका छन् ।


महानिर्देशक खडकाका अनुसार भारतीय सेनाको टोलीसंग नेपाली सेनासमेत संगै थिए । सर्वसाधारणले गर्ने आरोहण टोलीमा निकुञ्जका कर्मचारी संगै रहने भए पनि सेनासंग सेनाकै टोली रहन्छन् । '


नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यसबारे नेपाली सेनासंग सोधपुछ गरिरहेको बताए । 'उताबाट जानकारी आएपछि के रहेछ विस्तृत भनौंला' उनले भने ।

प्रकाशित : वैशाख १७, २०७६ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?