३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन लामा निलम्बित

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई ग्राउन्डेड गरेको छ ।
प्राधिकरणले स्पष्टिकरण सोधेर स्पष्टिकरण कानुनसम्मत नभएपछि लामालाई ग्राउन्डेड गरेको हो।

वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन लामा निलम्बित

निगमका प्रवक्ता रहेका बेला दुबई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।


लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।

पाइलटलगायत उड्डययनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई गत वैशाख पहिलो साता 'आफ्नो इजाजतपत्र खारेज गर्न' चुनौती दिएका थिए । चुनौतीदिएपछि नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामालाई ७ दिने स्पष्टीकरण सोधिएको थियो।

एक अनलाइन टिभीमा पाइलट लामाले ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिएपछि उनलाई प्राधिकरणमातहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यार्डड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको हो ।

चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले यूट्युब च्यानलमा बोलेको विषयलाई स्पष्टीकरण पत्रमा सोधिएको हो । पेसाले जहाज उडाउने नेपाल वायुसेवा निगमका प्रवक्ता लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका थिए ।

यो पढ्नुहोस्ः


विवादमा तानिए क्याप्टेन विजय लामा

प्रकाशित : वैशाख १६, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?