१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मौसमी रुघाखोकीबाट हुम्लामा थप एकको मृत्यु 

काठमाडौँ — हुम्लाको ताजाकोट गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीबाट थप एकजनाको मृत्यु भएको छ । स्थानीयका अनुसार ताजाकोट-५ भदौरा गाउँकी ६२ वर्षीया पवित्रा बोहोराको मुत्यु भएको हो । 

मौसमी रुघाखोकीबाट हुम्लामा थप एकको मृत्यु 

तीनसातायता ताजाकोटमा मौसमी रुघाखोकीका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । यसअघि ९ जनाको मृत्यु भैसकेको थियो ।

कर्णाली प्रदेश अस्पतालबाट गएको टोलीले रोग फैलिएका बस्तीमा उपचार सँगसँगै अनुसन्धान गरिरेहेको छ । टोलीले दुईदिन पछि मात्रै रोगको पहिचान हुने जनाएको छ ।


ताजाकोटमा श्वास प्रश्वास सम्बन्धी रोगबाट सयाैं बिरामी भएको गाउँपालिका अध्यक्ष वागदल मल्लले बताए ।

प्रकाशित : वैशाख १६, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?