दल दर्ता प्रक्रियामा राउत 

काठमाडौँ — पृथकतावादी अभियान त्यागेर मूलधारको राजनीतिमा आएका सीके राउतले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

दल दर्ता प्रक्रियामा राउत 

सरकारसँग सम्झौता गरी गत फागुन २४ गते उनले पृथकतावादी अभियान त्यागेको घोषणा गरेका थिए । उनले जनमत पार्टी नामको दल दर्ता गराउन आयोगमा निवेदन दिएका हुन् ।


प्रस्तावित ३५ सदस्यीय केन्द्रीय समितिसहित उनी अपराह्न पौने ५ बजे आयोग पुगेका थिए । आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले आवश्यक विधान र अन्य डकुमेन्टसहित राउतले निवेदन दर्ता गराएको बताए ।


दल दर्ताको फ्रक्रिया बढेको खरेलले जानकारी दिए । निर्वाचन आयुत्त ईश्वरीप्रसाद पौडेलले संविधान र कानुनअनुसार विधान मिले नमिलेकोदेखि अन्य सबै डकुमेन्ट परीक्षणपश्चात् मात्रै दल दर्तासम्बन्धी निर्णय हुने बताए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार ४५ दिनभित्र आयोगले दल दर्तासम्बन्धी निर्णय दिनुपर्ने हुन्छ ।


प्रस्तावित दलको नाम, पदाधिकारीको सनाखतदेखि विधान परीक्षणलगायतका काम उक्त अवधिमा आयोगले गर्नुपर्ने हुन्छ । राउतले आयोगमा बुझाएको पार्टी विधानमा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई स्वीकार गरिएको छ ।

प्रकाशित : वैशाख १६, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?