२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बृद्ध भत्ता ५ हजार पुग्छ : मन्त्री पोखरेल

भवानी भट्ट

कञ्चनपुर — उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुने बताएका छन् । उनले ५ वर्षभित्र ज्येष्ठ नागरिक लगायतको भत्ता ५ हजार पुर्‍याउने गरी आगामी वर्षदेखि नियमित रुपमा वृद्धि गर्दै लैजाने बताए ।

बृद्ध भत्ता ५ हजार पुग्छ : मन्त्री पोखरेल

यसअघि प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि वृद्धभत्ता बढ्ने बताइसकेका छन् ।

मन्त्री पोखरलले चुनावताका गरेको प्रतिबद्धताअनुसार वृद्ध भत्ता ५ हजार पुर्‍याउने गरी सरकार अघि बढेको बताए । 'वर्तमान सरकारले ५ वर्षभित्र जेष्ठ नागरिकको भत्ता ५ हजार पुर्‍याउँछ,' आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाका चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन समारोहमा बोल्दै उनले भने, 'चुनावका बेला गरिएका प्रतिबद्धता र घोषणा पत्रमा उल्लेख भएका कुराहरु हामी पूरा गरेरै छाड्छौं ।'

उनले गत आर्थिक वर्षमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य वीमा गरिएकोले भत्ता बढाउन नसकिएको बताए । तर, गाउँमा जाँदा थुप्रैले भत्ता नबढाएको भन्दै ढाँटेको आरोप लगाएको उनले बताए ।


वर्तमान सरकारले एक वर्षमा 'सम्बृद्ध नेपाल र सुखी नेपाली' को नारा अनुसार त्यसका लागि जग हाल्ने काम गरेको मन्त्री पोखरेलले दाबी गरे । 'अब यसको तस्बिर बनाउने काममा लागेका छौं' उनले भने, 'पाँच वर्षभित्र यो नारालाई सार्थक बनाएर छाड्छौं ।' सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका सबै कुरा क्रमिक रुपमा अगाडि बढाउँदै लैजाने उनले बताए । उनले कृषि, पर्यटन र उद्योगलाई प्राथमिकतामा राखेर समृद्धिको यात्रा सुरु गरिएको बताए ।

प्रकाशित : वैशाख १५, २०७६ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?