३४ हजार नागरिकतावाहकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी

काठमाडौँ — सर्वोच्च अदालतले २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

३४ हजार नागरिकतावाहकका सन्तानलाई वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले त्यतिबेलाका नागरिक विवादमा भएकाले ती नागरिकताको विवाद नटुंगिएसम्म ती नागरिकतावाहकका सन्तानलाई वंशज नागरिकता जारी नगर्न आदेश दिएको हो ।


दुई दिनअघि न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले विगतका विवादास्पद नागरिकता खारेजको सम्बन्धमा सरकारले गरेको काम कारवाहीको विवरण पेश गर्न आदेश दिएको थियो ।

प्रकाशित : वैशाख १३, २०७६ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?