डडेल्धुरामा बस दुर्घटना, ५ यात्रुको मृत्यु

डिआर पन्त

डडेल्धुरा — धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस डडेल्धुराको साहुखर्कमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट मंगलबार साढे ३ बजे बझाङका लागि छुटेको बस बुधबार बिहान पौने ५ बजेतिर दुर्घटना भएको प्रहरी निरीक्षक लक्ष्मी खड्काले जानकारी दिएका छन् । 

उनका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने घाइतेको संख्या पनि यकिन भइसकेको छैन ।


सडकबाट करिव २ सयमिटर तल खसेको बस दुर्घटना हुनुको कारण ओभरलोड हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घाइते यात्रुका अनुसार बसमा ५० भन्दा बढी यात्रु थिए । घाइतेहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारका लागि लगिएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?