राप्रपा-सरकार वार्ता : संविधानको दायराभित्र बसेर मात्र माग सम्बोधन गर्न सकिने

काठमाडौँ — हिन्दु राज्य स्थापना र धर्मनिरपेक्षता खारेजीको माग गर्दै आन्दोलनरत राप्रपासँग सरकारले मंगलबार वार्ता गरेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानको दायराभित्र बसेर मात्र माग सम्बोधन गर्न सकिने जवाफ राप्रपालाई दिएका छन् ।

राप्रपा-सरकार वार्ता : संविधानको दायराभित्र बसेर मात्र माग सम्बोधन गर्न सकिने

राप्रपाका तर्फबाट वार्ता समितिका संयोजक दीपक बोहरा र केन्द्रीय सदस्य निरञ्जन थापा मन्त्रीसँगको वार्तामा गएका थिए ।


राप्रपा नेताहरूले पार्टीले उठाएका २२ बुँदे माग पेस गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । दुई पक्षबीच छिट्टै अर्को वार्तामा बस्ने सहमति भएको छ ।


प्रकाशित : वैशाख १०, २०७६ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?