२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

निर्मला हत्या प्रकरण : जिल्ला प्रशासनमा २ घण्टा धर्ना

भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । मंगलबार नागरिक संघर्ष समितिको अगुवाइमा अधिकारकर्मीहरुले जिल्ला प्रशासनको गेटमा २ घण्टा दिएका हुन् । 

निर्मला हत्या प्रकरण : जिल्ला प्रशासनमा २ घण्टा धर्ना

घटना भएको ९ महिना पुगेको दिन धर्नासँगै अधिकारकर्मीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । बिहान साढे १० देखि साढे १२ बजेसम्म अधिकारकर्मी र पीडित परिवारले धर्ना दिएका हुन् । धर्नामा निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मी पनि सहभागी थिए ।


घटना भएको लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा पीडित परिवार मात्रै नभई कञ्चनपुरवासीले समेत न्याय अनुभुति गर्न नपाएको ज्ञापन पत्र बुझाउँदै नागरिक संघर्ष समितिका सदस्य नर बहादुर साउदले बताए । उनले ९ महिनासम्म पनि अपराधी पत्ता नलाग्नु दुखद भएको बताए ।


प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले घटनाको अनुसन्धान तीब्र रुपमा चलिरहेको बताए । विभिन्न टोलीले निरन्तर अनुसन्धान गरिरहेकाले छिट्टै अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : वैशाख १०, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?