आठौं राष्ट्रिय खेलकुद : हावाहुरीले क्रिकेट मैदानमा क्षति
दाङ — आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला त्रिकेट प्रतियोगीता भैरहेको लमही क्रिकेट मैदानमा सोमबार बेलुका आएको हावाहुरीले क्षति पुर्याएको छ ।
सेमीफाइनल खेल सकिन बित्तिकै बेलुकापख हावाहुरी र पानी परेपछि खेलाडी, निर्णायक र दर्शकहरुको भागाभाग झएको थियो । क्रिकेट मैदानमा निर्णायक, खेलाडी र विशिष्ट व्यत्तीहरु बस्न तयार पारिएका टेण्टहरु हावाहुरीले उडाइदिएको छ ।
पानीले खेलमैदानको पीच बिग्रने देखिएको छ । आठौं राष्ट्रिय खेलकुद कै लागि भनेर भर्खरै निर्माण गरिएको पीच बिग्रिए मंगलबार हुने फाइनल खेल कसरी गर्ने भन्ने समस्या भएको छ ।